बाग्लुङको बढिगाड खोला थुनियो, दर्जनाैं भाैतिक संरचना डुबानमा

बाग्लुङ : बढिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमा भएर बग्ने बढिगाड खोला थुनिँदा सिमलचाैर क्षेत्रमा दर्जनाैं भाैतिक पूर्वाधार डुबानमा परेको छ । 

ढोरपाटनको तुरतुरे भ-याङस्थित भीरबाट खसेको सुख्खा पहिरोले बढिगाड खोला गएरातीदेखि थुनिएको हो । खोला थुनिँदा शनिबार बिहानसम्म सिमलचाैरका ५ वटा घर डुबानमा परेको छ भने विभिन्न संरचना पनि पानीमुनि परेका छन् ।

डुबानका कारण अहिलेसम्म कुनै मानवीय क्षति नभएको, तर बढिगाड खोला वरपर, खोलाको अासपासका नागरिक रातभर जाग्राम बसेको जिल्ला प्रहरी कार्यालय, बाग्लुङले जनाएको छ । 

खोला थुनिँदा बनेको ताल जतिसुकै बेला फुट्न सक्ने अवस्था रहेकाले गुल्मी र बाग्लुङस्थित बढिगाडखोलाको किनारमा बस्ने नागरिकलार्इ अति उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले बुलेटिन जारी गरेको छ । 

पहाड मााथिबाट खसेको पहिरोमा निकै ठूला ढुँगा र ठूलो परिमाणको चट्टानले नदी छेकेको स्थानीयले जानकारी दिएका छन् । बढीगाड थुनिएको भ-याङ भन्ने स्थान बाग्लुङबजारबाट ८५ किलोमिटर उत्तरपश्चिम र तम्घासबाट ४५ किलोमिटर टाढा पर्छ । 

पहिरोले खोला नै थुनिएपछि अहिले बाग्लुङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय अधिकारीहरू उद्धार र राहतका लागि बन्दोबस्तीको सामग्रीको बोकेर घटनास्थलतर्फ लागेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?