संसदमा आज एसपीपीबारे परराष्ट्रमन्त्रीले जवाफ दिने

लोकपथ
56
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले अमेरिकी स्टेट पाटरसिप प्रोग्राम (एसपीपी) बारे संसदमा सार्वजनिक रुपमा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् ।

सरकारले गत ६ असारमा एसपीपी अगाडि नबढाउने निर्णय गरेको थियो । उक्त निर्णयबारे अमेरिकालाई जानकारी दिन पत्र नपठाएको भनी सरकारमाथि संसद र सार्वजनिक रुपमा प्रश्न उठ्दै आएको छ ।

गएको साउन ४ गतेको संसद बैठकमा नेकपा एमालेका सांसद डा.भीम रावलले एसपीपीमा संलग्न नहुने निर्णय अमेरिकालाई जानकारी नगराइएको भनी ‘रोष्ट्रक कब्जा (रोष्ट्रममा उभिएर अमेरिकालाई पत्र पठाउन निरन्तर माग, सरकारलाई रुलिङ गर्न आग्रह) गरेका थिए । रावलले रोष्ट्रम नै कब्जा गरेपछि उक्त बैठक स्थगित हुन पुगेको थियो ।

निरन्तर प्रश्न उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले साउन ५ गते सरकारलाई एसपीपीबारे भएको गतिविधिबारे जानकारी गराउन रुलिङ गरेका थिए । सोही रुलिङको पालना गर्दै शुक्रबार परराष्ट्रमन्त्री खड्काले प्रतिनिधिसभामा जवाफ दिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?