१ भाद्र २०७९, बुधबार

शिव परियारको रक मेलोडीको गीत ‘रिमझिम यादहरू’ सार्वजनिक

२०७९,श्रावण,१२,बिहीवार २१:१८

63
Shares

काठमाडौं । गायक शिव परियारको स्वरमा रहेको रक मेलोडीको गीत ‘रिमझिम यादहरू’ सार्वजनिक गरिएको छ । आधुनिक, शास्त्रीय तथा गजल गायनमा पोख्त रहेका गायक परियारको पहिलो रक मेलोडीको गीत ‘रिमझिम’ सार्वजनिक गरिएको हो ।

दुई दशकभन्दा लामो समयदेखि गायन क्षेत्रमा रहेका गायक परियारले पहिलोपटक रक मेलोडीको गीत रिमझिममा स्वर दिएका हुन् ।

‘२२ वर्षदेखि गायन क्षेत्रमा छु । पहिलोपटक रक मेलोडीमा स्वर दिएको छु । सुरुमा गर्न सक्दिनँ कि भन्ने थियो । तर, न्यायपूर्वक गाएको छु,’ गायक परियारले भने, ‘दर्शक र स्रोताले मन पराउनुहुन्छ भन्ने विश्वास छ ।’

अमेरिकामा रहेका सर्जक स्रष्टा अनुप पहारीको रिमझिम यादहरूमा शब्द सृजना र संगीत छ । सर्जक पहारीको शब्द र संगीतमा रक मेलोडीमा स्वर दिन चुनौती भए पनि न्याय गर्न सकेको गायक परियारको भनाइ छ ।

मनोसंवाद शैलीमा प्रेमकथामा रहेको उक्त गीतमा हरेक स्रोताले आफ्नै कथा भेट्न सक्ने उनको दाबी छ ।

फूलबुट्टे सारीजस्ता चर्चित गीतको भिडियो निर्देशन गरेका राजेश पुमा राईले निर्देशन गरेको रिमझिम यादहरुको भिडियोमा निराजन प्रधान र करूणा श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

उत्सव दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । सर्जक अनुप पहारी निर्माता रहेको गीतको भिडियोमा क्रियटिभ डाइरेक्टरको रुपमा राजु गुरुङ छन् ।

भिडियो लिंक :

प्रकाशित मिति: २०७९,श्रावण,१२,बिहीवार २१:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा भएको छ । दुई औपचारिक

एजेन्सी । साउथ स्टार नागा चैतन्य आफ्नो फिल्मभन्दा बढी व्यक्तिगत जीवनका कारण चर्चामा आउँछन् । गत वर्षको अक्टोबरमा नागा र

काठमाडौं । लामो अन्तरालपछि डिजे सन्तोषले नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक गरेका छन् । मंगलबार काठमाडौंमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । साेमबार बसेको मन्त्रिपरिषद्को बैठकले भुवन केसीलाई बोर्डको अध्यक्षमा

ताजा समाचार