सरकार एसपीपी सम्झौता कार्यान्वयन गर्न लागिपरेको छ : सांसद रावल

लोकपथ
78
Shares

काठमाडौं । नेकपा एमालेका सांसद डा.भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा एसपीपी सम्झौता कार्यान्वयन गर्न लागिपरेको आरोप लगाएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद रावलले प्रधानमन्त्री देउवाले ‘पिस कर्पोरेशन’ को नाममा एसपीपी सम्झौतामा उल्लेखित बुँदाहरु नेपालका कार्यान्वयन गर्न लागेको आरोप लगाए ।

उनले प्रधानमन्त्री सो बुँदाहरु कार्यान्वयन गर्न लागि नपरेको भए एसपीपी कार्यान्वयन नगर्ने भनि मन्त्रीपरिषद्ले गरेको निर्णय अमेरिकालाई छिटोभन्दा छिटो पठाउन चुनौती दिए । संसदीय समितिले पटकपटक निर्देशन दिँदापनि पत्र नपठाउनुले गम्भीर आशंका उब्जाएको उनको भनाई छ ।

उनले भने, ‘पत्र नपठाउनु यो गम्भीर आशंकाको विषय हो । चर्चा भएअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा अरु कुनै नामबाट एउटा नाम आएको छ, शान्तिको लागि सहयोग । केही समय अगाडि एसपीपीको सम्बन्धमा जुन दश बुँदे मस्यौदा आएको थियो त्यो मस्यौदामा उल्लेख भएका सम्पूर्ण कुराहरुलाई नेपालप्रति थोपर्न उहाँ भित्रभित्रै क्रियाशील हुनुहुन्छ भन्ने व्यापक चर्चा छ ।’

उनले बाहिर आएको चर्चा असत्य भए सरकारले अमेरिकालाई पत्र पठाएर झुठा साबित गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरे । उनले प्रधानमन्त्री देउवा नेपाललाई शक्ति राष्ट्रहरुको द्वन्द्वमा धकेल्न सक्रिय भएको आशंका व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?