काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका छन् ।
कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका हुन् । एमालेसँग गठबन्धन हुन नसक्ने भएकाले कांग्रेसको विकल्प खोज्न नहुने उनले बताए ।
उनले आगामी संघीय निर्वाचनमा पनि नेपाली कांग्रेससँगै सहकार्य हुने र हालको गठबन्धन निरन्तर जाने बताएका छन् । कांग्रेससँगै सहकार्य गर्ने भएकाले दायाँ–बायाँ नसोच्न नेताहरुलाई प्रचण्डले आग्रह गरे ।
माओवादी स्थायी कमिटी भोली फेरी बस्ने गरी आजको बैठक सकिएको हो । भोली शुक्रबार बस्ने बैठकमा पोलिटब्यूरो समितिका नाम र स्थायी समितिलाई पूर्णता दिनेबारे छलफल हुने बताइएकोे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया