डुबानको जोखिम बढेको भन्दै सरकारको ध्यानाकर्षण

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय सभाकी सांसद नन्दा चपाईंले सुर्खेत उपत्यकाको राजमार्ग आसपास र तल्लो तटीय क्षेत्रमा डुबानको जोखिम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद चपाईंले सो क्षेत्रको अध्ययन, अवलोकन गरी वर्षातको पानीलाई निकासको व्यवस्था गरिदिन सरकार समक्ष माग गरेकी हुन् । सांसद चपाईंले भनिन् ‘यतिबेला सुर्खेत उपत्यकाको राजमार्ग आसपास र तल्लो तटीय क्षेत्रमा डुबानको जोखिम बढ्दै गएको छ ।

त्यहाँका जनताले वर्षातको समयमा अत्यन्त कष्टकर जीवन बिताइरहेका छन् । यस क्षेत्रको वस्तुगत अध्ययन, अवलोकन गरी वर्षातको पानीलाई निकासको व्यवस्था गरिदिनको लागि सभा अध्यक्षमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?