काठमाडौं । राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले घोराही तुलसीपुरको फोर लेन सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद देवकोटाले घोराही तुलसीपुरको फोर लेन सडक सुचारु नहुँदा जनताले सास्ती भोग्नुपरेको बताइन् । उनले तोकिएको समयमा सम्पन्न नभइ म्याद थपिएको मिति समेत सकिन लाग्दा पनि निर्माण सम्पन्न नभएको भन्दै सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराईन् ।
उनले सडकमा रहेका खाल्डाखुल्टी र निर्माणाधिन पुलका कारण सो सडकखण्ड मृत्युमार्ग बनेको बताईन् । उनले भनिन्, ‘घोराही तुलसीपुरको फोर लेन सडक अहिले पनि सुचारु भएको छैन ।
भारतीय कम्पनी र भारतीय ठेकेदारलाई दिएको, थपिएको म्याद पनि सकिन लाग्दा त्यो निर्माण हुन सकेको छैन । सडकमा रहेका खाल्डाखुल्टी र निर्माणाधिन अस्तव्यस्त पुलहरुको कारण दाङ घोराही मृत्युमार्ग बनिरहेको छ । दंगालीले कहिलेसम्म सास्ती भोग्नुपर्ने हो? सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया