प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

लोकपथ
169
Shares

काठमाडौं । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोलामा ८०० रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

बुधबार प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?