प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणले सरकारको दोहोरो नीति देखियो : दिलकुमारी थापा

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रिय सभाकी सांसद दिलकुमारी रावल थापाले प्रधानसेनापति अस्ट्रेलियामा भएको कार्यक्रममा सहभागि भएको सम्बन्धमा सरकारको जवाफ माग गरेकी छिन् ।

बिहीबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद थापाले प्रधानसेनापतिको भ्रमण बारे जवाफ माग गरेकी हुन् ।

उनले भनिन् – ‘अस्ट्रेलियाको मेलर्वनमा भइरहेको आइपिएसको कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति सहभागि भएको भन्ने समाचार बाहिर आएको छ । कुरा के हो रु एकातिर आइपिएसको कार्यक्रममा सहभागि नहुने सरकारको निर्णय, अर्कोतिर सेनापति सहभागि हुने सरकारको दोहोरो नीति के हो ? म सरकारबाट स्पष्ट जवाफ चाहन्छु ।

साथै, उनले कोभिड १९ को संक्रमण बढिरहेकोतर्फ सरकारलाई सचेत गराएकी छिन् ।

कोभिड–१९ को नयाँ भेरियन्ट बढीरहेको सन्दर्भमा एकातिर स्वास्थ्य मापदण्ड कमजोर भइरहेको छ, अर्कोतिर भ्याक्सिन डेट स्पायर भइरहेको छ । यसतर्फ सरकार गम्भिर हुन म आग्रह गर्न चाहन्छु ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?