स्रोत नखुलेको ५ लाख ८८ हजारसहित भारतीय नागरिक पक्राउ

लोकपथ
78
Shares

पर्सा । वीरगन्ज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट स्रोत नखुलेको ५ लाख ८८ हजार रूपैयाँ सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका ५२ वर्षीय सुरेन्द्रकुमार गुप्ता छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट वीरगन्जतर्फ आउँदै गरेको बा.५६ प ५५० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक गुप्तालाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?