काठमाडौं । नेकपा (एमाले) का सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा एसपीपी सम्झौतामा उल्लेखित बुँदाहरु कार्यान्वयन गर्न लागि परेको आरोप लगाएका छन्।
बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद रावलले प्रधानमन्त्री देउवाले ‘पिस कर्पोरेसन’को नाममा एसपीपी सम्झौतामा उल्लेखित बुँदाहरु नेपालका कार्यान्वयन गर्न लागेको आरोप लगाएका हुन् ।
उनले प्रधानमन्त्री सो बुँदाहरु कार्यान्वयन गर्न लागि नपरेको भए एसपीपी कार्यान्वयन नगर्ने भनि मन्त्रीपरिषद्ले गरेको निणर्य अमेरिकालाई छिटोभन्दा छिटो पठाउन चुनौती दिए । संसदीय समितिले पटकपटक निर्देशन दिदाँ पनि पत्र नपठाउनुले गम्भिर आशंका उब्जाएको उनको भनाइ छ ।
उनले प्रधानमन्त्री देउवा नेपाललाई शक्ति राष्ट्रहरुको द्वन्द्वमा धकेल्न सक्रिय भएको आशंका पनि व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया