बीवाईडीले बढायो गाडीको मूल्य

लोकपथ
169
Shares

काठमाडौं । विद्युतीय सवारीसाधन उत्पादनमा विश्वकै अग्रणी कम्पनी बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारीक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ । कम्पनीले विगत दुई महिनाअघि देखिनै गाडीको मूल्य समायोजन गर्नु पर्ने अवस्था आएको थियो । तर, बजारमा देखिएको समस्याको कारण मूल्य स्थीर राख्न प्रयास गरेको थियो ।

विशेषत नेपालमा डलरको मूल्यसँग चीन लगायत तेस्रो देशबाट आउने गाडीको मूल्य प्रभावित हुने गर्छ । सुरुमा गाडीको मूल्य कायम गर्दा रहेको डलर मूल्य र अहिलेको अवस्थामा करिब ७ प्रतिशतको अन्तर (डलरको मूल्य महंगो) भएको कारण गाडीको मूल्य बढाउनु परेको कम्पनीको भनाइ छ ।

बीवाइडी इ सिक्समा १ लाख ५० हजार रुपैयाँले मूल्य समायोजन गरी नयाँ मूल्य ५९ लाख रुपैयाँ कायम भएको छ । साथै, एमथ्री मल्टीपर्पोज भ्यानमा १ लाख २ हजार रुपैयाँले मूल्य समायोजन गरी ४५ लाख ५२ हजार रुपैयाँ बनाइएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?