२० माघ २०७९, शुक्रवार

शिक्षालाई प्रमाणपत्र पाउने मध्यम बनाइयो : सञ्चारमन्त्री कार्की

२०७९,श्रावण,११,बुधबार १७:१४

108
Shares

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिक्षाको प्रादुर्भाव नभएको भए सभ्य र सुन्दर समाज निर्माण गर्न नसकिने बताएका छन् ।

मंगलबार पार्वती बहुमुखी क्याम्पसको उद्घाटन गर्दै उनले शिक्षालाई अहिलेको बदलिँदो परिस्थितिअनुसार निर्माण गर्न नसकिएको उनको भनाइ छ ।

मन्त्री कार्कीले शिक्षा भनेको प्रमाणपत्र प्राप्त गर्ने माध्यमजस्तो मात्र मात्रै भएको बताए । मुलुकमा दुई किसिमको युवा जनशक्ति रहेको चर्चा गर्दै उनले एउटा गाउँबाट अएको सामान्य शिक्षा लिएर सहर पस्ने, तर त्यहाँ आकांक्षा, आवश्यकता पूरा नभएपछि देश छाडेर खाडी देशमा जाने अनि डर्टी, डिफिकल्ट र डेञ्जर काम गर्ने गरेको उल्लेख गरे । तर त्यही जनशक्तिले मुलुकमा रेमिट्यान्स पठाउने र त्यसैले देश चल्ने गरेको उनको भनाइ थियो ।

वरिष्ठ पत्रकार परशुराम घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा सञ्चारमन्त्री कार्की, संविधानसभा सदश्य कृष्णप्रसाद सापकोटा, रामहरि सुवेदी, पूर्वराज्यमन्त्री कञ्चनचन्द्रवादे श्रेष्ठ, संविधानसभा सदस्य तीर्थबहादुर लामा, डा. बलराम तिमल्सिनालगायतले सम्बोधन गरेका थिए ।

 

प्रकाशित मिति: २०७९,श्रावण,११,बुधबार १७:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली सेनाले निर्वाह गर्दै

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले संसद्मा प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्ने बताएका छन् ।

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२
पाकिस्तानमा झडप, पाँच जनाको मृत्यु
 २०७९,माघ,२०,शुक्रवार १७:३५