वरिष्ठ उपसभापतिमा कर्ण मल्लसहित १६ जनालाई कांग्रेस (बीपी) ले बनायो केन्द्रीय सदस्य

लोकपथ
189
Shares

काठमाडौं । पूर्व प्रदेश सांसद तथा डडेलधुराका नेता कर्णबहादुर मल्ललाई नेपाली कांग्रेस (बीपी) ले पार्टीको वरिष्ठ उपसभापति बनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका निवर्तमान नेपाली कांग्रेस सभापति मल्ललाई यसअघि गत बैशाख १३ गते नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरिएको थियो । कांग्रेसकाे राजनीतिमा लामो समयदेखि सक्रिय मल्ल नेपाली कांग्रेस सभापति देउवासँग अन्तरविरोध हुँदै गएपछि पार्टी हितविपरीतका गतिविधि गरेको भन्दै कारवाहीमा परेका थिए ।

त्यसयता, नेपाली कांग्रेस (बीपी) मा लागेका उनलाई बुधबार बसेको पदाधिकारी बैठकले वरिष्ठ उपसभापति बनाएको प्रवक्ता शिवप्रसाद सिम्खडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, दाङका हेमन्तबहादुर मल्ललाई महामन्त्री बनाउने निर्णय भएको छ भने, डडेलधुराका करुणाकर भट्ट, हरिप्रसाद भट्टहितका १६ जनालाई केन्द्रीय सदस्य बनाइएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाएपछि डडेलधुरामा देउवा पक्षले एकलौटी जिल्ला अधिवेशन गरेका थिए । नेपाली कांग्रेसमा रहँदा मल्ल सभापति देउवाको स्वकीय सचिवको रुपमा काम गर्दै कांग्रेसको जिल्ला सभापति बनेका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?