स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दीगो विकासको लक्ष्य सम्भव छः मन्त्री कार्की

लोकपथ
28
Shares
sf7df8f}F, @$ ;fpg M jflif{s k|ltj]bg k|:t’t /fli6«o;efsf] cfOtaf/sf] a}7sdf k|wfgdGqL z]/axfb’/ b]pjfsf] tkm{af6 sfg’gdGqL 1fg]G›axfb’/ sfsL{ …g]kfnsf] ;+ljwfgsf] wf/f %# adf]lhd tof/ kfl/Psf] cfj @)&^÷)&& sf] g]kfn ;/sf/sf] jflif{s k|ltj]bgÚ ;ef;dIf k|:t’t ub}{ . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दीगो विकासको लक्ष्य सम्भव रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा राष्ट्रिय समाचार समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सुशासन र दीगो विकासको लक्ष्य प्राप्तिका लागि स्वस्थ पत्रकारिताको आवश्यक रहेको बताए ।

उनले सुशासन र दीगो विकासको लक्ष्य प्राप्त गर्न स्वस्थ, सत्यतथ्य सिर्जनशील र व्यवसायिक पत्रकारिता आजको आवश्यकता रहेको बताए । मन्त्री कार्कीले सरकार संविधानले परिकल्पना गरेको नागरिकको स्वतन्त्रता अभिव्यक्ति र स्वतन्त्रतालाई संरक्षण र संवद्र्धन गर्न प्रतिवद्ध रहेको बताए ।

उनले सरकारले खुला समाज, स्वतन्त्र समाजको निर्माण गरेर दक्षिण एशियामा नै उदाहरणीय मुलुकको रुपमा आफूलाई स्थापित गर्न चाहेको बताए । उनले भने, ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार प्रतिबद्ध छ । स्वस्थ र सत्यतथ्य, आलोेचनाले प्रजातन्त्रलाई बलियो बनाउँछ भन्ने कुरामा सरकार पूर्ण रुपले सचेत र विश्वस्त छ ।

सुशासन र दीगो विकासको लक्ष्य प्राप्त गर्न स्वस्थ, सत्यतथ्य सिर्जनशील र व्यवसायिक पत्रकारिता आजको आवश्यकता हो । त्यसअनुरुप आजको दिनले हाम्रो नेपाली प्रेस जगतलाई अघि बढाउन सकोस् । यो सरकार संविधानले परिकल्पना गरेको नागरिकको स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतालाई संरक्षण र संवद्र्धन गर्दै त्यतिमा मात्र सिमित नभएर एउटा खुला समाज, स्वतन्त्र समाजको निर्माण गरेर दक्षिण एशियामा नै उदाहरणीय मुलुकको रुपमा आफूलाई स्थापित गर्न चाहन्छ र त्यस दिशामा सबै मिडिया जगतको सहयोग यो सरकारले प्राप्त गर्ने भन्ने विश्वास छ ।’

मन्त्री कार्कीले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार प्रतिवद्ध रहेको बताए । उनले स्वस्थ र सत्यतथ्य आलोेचनाले प्रजातन्त्रलाई बलियो बनाउँछ भन्ने कुरामा सरकार पूर्ण रुपले सचेत र विश्वस्त रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?