विशालले जिते स्वर्ण पदक

काठमाडैं । दीलिप स्मृति तेक्वान्दो डोजाङका विशाल लामाले पाँचौ इचंगुनारायण उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा बिहीवार स्वर्ण पदक जितेका छन् ।

इचंगुनारायण डोजाङको आयोजनामा इचंगुनारायण मन्दिर परिसरमा भएको प्रतियोगिताको पुरुष ३७ केजीमुनि फाइनलमा विशालले ढल्कोका विशाल मोक्तानलाई पराजित गरे । लैनचौरका सुइकर रजक र चन्द्रागिरीका सञ्जय भण्डारी तेश्रो भए ।

पुरुष ३३ केजीमुनि न्यु क्रिएटिभका सिद्धार्थ बलामी पहिलो भए । उनले फाइनलमा चन्द्रागिरीका विराज तामाङलाई हराए । टोत्लसका सुमन उप्रेती र ढल्कोका विफो तामाङ संयुक्त रुपमा तेश्रो भए ।

प्रतियोगिताको प्रदेश सांसद प्रकाश श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । तीन दिने प्रतियोगितामा विभिन्न ३५ डोजाङबाट ४ सय ५० खेलाडीले विभिन्न १७ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । उत्कृष्ट पुरुष-महिला खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

प्रत्येक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३ हजार, २ हजार र १-१ हजार नगद पुरस्कार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?