सस्तोमा विशेषज्ञ सेवा भोला रिजालको ओपिडिमा बिरामीको भीड

काठमाडौ २८ भदौ । ओम अस्पताल छाडेर नेपाल मेडिकल कलेज अत्तरखेलमा सेवा सुरु गरेका बरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. भोला रिजालको ओपिडिमा बिरामीको भीड लाग्न थालेको छ ।

सस्तोमा गुणस्तरीय सेवा पाउने भएपछि बिरामीहरुको भिड नेपाल मेडिकल कलेज जोरपाटीमा लागेको हो । डा रिजाललाई स्वास्थ्य उपचार गराउन स्वदेश तथा बिदेश देखि बिरामी नेपाल मेडिकल कलेज जोरपाटी आएका छन् ।

रिजालले एक हप्ता अगाडी मात्रै ओम अस्पताल छाडेको घोषणा गरेका थिए । ओम छाडेसंगै शिक्षण अस्पतालमा सेवा सुरु गरेका उनले गरिव तथा विपन्न नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिने बताएका छन् । महंगो उपचार सेवा दिदै आएको ओम अस्पताल छाडेर नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सेवा सुरुगरेका डा रिजाल मार्फत उपचार गराउने बिरामिको भिड लाग्न थालेको छ ।

अस्पतालको तुलनामा शिक्षण अस्पताल आफैमा सस्तो हुन्छ । सस्तोमा बिशेषज्ञ सेवा र रोजेको डाक्टर पाउने भएपछि आफु इलामबाट नेपाल मेडिकल कलेजमा स्वास्थ्य परिक्षणका लागि आएको हिरा शर्माले बताईन । ओममा सेवा महंगो छ, बाध्यतादे डा. रिजाललाई देखाउनु पथ्र्यो । अब सस्तोमा त्यो पनि गुणस्तरीय सेवा पाइएको छ उनले थपिन । १ लाख रुपैयाँ लाग्ने अपरेशन ३० हजारमा भएको छ, यसले पनि गरिब तथा विपन्न नागरिकलाई राहत हुने उपचारमा आएकी शर्माले भनिन् ।

हङ्कङ्मा ठिक नभए पछि एनएमसीमा हङ्कङमा ६ पटक स्वास्थ्य जाँच गराउँदा पनि रोग पत्ता नलागे पछि गिता श्रेष्ठ डा. रिजाललाइ देखाउँन नेपाल मेडिकल कलेज जोरपार्टी पुगीन । उनलाई महिनावारी गडबढी लगायत अन्य समस्या थियो । उनले ६ पटक भिडियो एक्सरे गर्दा पनि चिकित्सकले रानेग पत्ता लगाउन नसके पछि आफु रिजालकोमा आएको बताईन ।

एक हप्ताको बिदामा आएकी श्रेष्ठले आफुन्तहरुबाट रिजालबारे जानकारी लिएकी थिईन । ५० हजारको अपरेशन ८ हजारमा डा. रिजालले नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सेवा सुरु गरेसंगै बिरामीलाई उपचारमा भारी सहुलीयत हुने भएको छ ।

ओममा ५० हजार पर्ने अपरेशन शिक्षण अस्पतालमा रिजालले ८ देखि २० हजार सम्ममा गर्नेछन् । त्यस्तै ५ सय ओपिडि टिकट ओममा रहेकोमा अब एनएमसीमा २५ रुपैया रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?