काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विषेश छानबिन समितिले आजदेखि प्रतिवेदन लेखन कार्य सुरु गर्ने भएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपपछि गत असार २२ गतेको प्रतिनिधि सभा बैठकमै शर्माले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेषले करीब तीन हप्ताको समय लगाएर गरेको अध्ययनपछि प्रतिवेदन लेखन कार्य सुरु गरेको हो । संसदीय विशेष समितिको बैठक आजपनि बस्दै छ । बैठक आज (बुधबार) बिहान ११ बजे बस्ने भएको छ ।
अध्ययन तथा छलफलसँगै प्रतिवेदन लेखनलाई पनि पूर्णता दिने कार्य भइरहेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । सचिव अर्यालले समितिले बुझ्नुपर्ने विषय बुझिसकेकाले आज थप छलफल गर्ने र प्रतिवेदन लेख्न थाल्ने बताए ।
आजको बैठकमा कस्तो प्रतिवेदन दिने भन्नेबारे छलफल हुने समितिका समितिका सचिब अर्याले बताए । सचिब अर्यालले भने, ‘आजको बैठकमा प्रतिवेदन कस्तो लेख्ने भन्नेबारे छलफल हुन्छ ।’ अध्ययन तथा छलफलसँगै प्रतिवेदन लेखनको कार्य गरिने उनले बताए ।
सबै सदस्यको सहमतिका आधारमा प्रतिवेदन लेख्ने समझदारी बनेको ती सदस्यको भनाइ छ । हिजोको बैठकमा रिकभर भएको सीसीटीभी फुजेट अस्पष्ट भएपछि समितिले साझ दुई विज्ञसँग छलफल गरेको थियो । समितिले डिलिट भएको सीसीटीभी फुटेजको हार्ड डिस्क रिकभर गर्न प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो ।
प्रहरीले ५१ वटा भिडिओ क्लिपहरु रिकभर गरेर समितिलाई बुझाएको थियो । दुई–तीन सेकेण्डको मात्रै भिडियो रिकभर हुँदा व्यक्ति नचिनिने विषयमा समितिले जिज्ञासा रोखेको थियो ।
समितिको नेतृत्व गरेका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले भिडियो बुझिने गरी किन आएन भन्दै सामान्य सीसीटीभी फुजेट जस्तो हुन नसकको कारणबारे सोधेका थिए । सीसीटीभी फुटेज रिकभर गरेर हेर्दा पनि स्पष्ट बुझिने दृष्य नदेखिएको समितिले जनाएको छ । ती सबै क्लिपहरु स्पष्ट नदेखिने खालका भएको भन्दै त्यसबारे मंगलबार समितिले फरेन्सिक विज्ञहरुलाई नै समितिको बैठकमा बोलाएर सोधेको थियो ।
जवाफमा नेपाल प्रहरीका दुई विज्ञले एकबाट अर्को डिभाइसमा सार्दा कमजोर गुणस्तरको भिडियो आएको र यसरी आउनु नै उपलब्धि भएको जवाफ दिएको थियो । छानबिनका लागि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको हो ।
समितिमा प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल, विमला विक, मानवबहादुर विक, सीताराम महतो, देव गुरुङ, शक्ति बस्नेत, सरला यादव, सुरेन्द्र यादव र लक्ष्मणलाल कर्ण रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया