छानबिन समितिले आजदेखि प्रतिवेदन लेख्ने

लोकपथ
0
Shares

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति संलग्न रहेको भन्ने आरोपका सम्बन्धमा गठित संसदीय छानबिन समितिले अनुसन्धानको काम सम्पन्न गरेको छ । अनुसन्धानको काम सकिएसँगै बुधबारदेखि प्रतिवेदन लेख्न थालिने भएको छ ।

समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा र बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका अधिकारीसँग छलफल गरेको थियो । समितिले प्रमाणको रुपमा अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हेरेको थियो ।

अहिलेसम्मको छानविनका क्रममा समितिले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति सहभागी भएको सम्बन्धमा प्रमाण फेला पार्न नसकेपछि सहमतिमै प्रतिवेदन लेख्ने समितिको तयारी छ । ‘समितिको निष्कर्ष र सुझावबारे भोलिमात्र छलफल हुने भएकोले कस्तो निष्कर्ष आउँछ भनेर अहिले भन्न मिल्दैन’ समितिका एक सदस्यले भने, ‘सकेसम्म सहमतिमै प्रतिवेदन तयार गर्छौँ ।’

असार २२ गते गठन भएको संसदीय छानविन विशेष समितिको थपिएको कार्यविधि साउन १२ गते बिहीवार सकिँदैछ । शुरुमा १० दिनको कार्यावधि पाएको समितिको म्याद ७ दिन थपिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?