३ भाद्र २०७९, शुक्रवार

ललितपुरका बामपन्थी नेता श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश

२०७४,आश्विन,३०,सोमवार ०८:४४

9
Shares

असोज ३०, काठमाडौं । ललितपुरका बामपन्थी नेता एवं बुद्धिजीवी महेश्वर श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश गरेका छन । श्रेष्ठ सोमबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट टिका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।चौंथो महाधिवेशन, माले, एमाले, माले हुँदै लामो समयदेखि बामपन्थी आन्दोलनमा क्रियाशील नेता श्रेष्ठ ललितपुरका स्थापित नेता तथा बुद्धिजीवी छन । माओवादी केन्द्रमा प्रवेश गर्दै श्रेष्ठले राजनीतिक एजेण्डा र समाजवादी मिसनमा अगाडि बढ्ने माओवादी केन्द्रको निर्णयसँग सहमत भएर आफू माओवादी केन्द्रमा आएको बताए ।पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले श्रेष्ठको अनुभव र बौद्धिकताले माओवादी केन्द्रमा थप उर्जा हासिल हुने बताए । नेता श्रेष्ठको पार्टी प्रवेशले ललितपुरमा माओवादी केन्द्रको संगठनात्मक आधार बलियो हुने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०८:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्न बताएका छन् । गृहनगर दमकमा

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्दै देशलाई चाँडोभन्दा चाँडो समृद्ध तुल्याउनेतर्फ सरकार

ताजा समाचार

जुम्लाबाट ‘प्रकाश’को वर्ल्ड प्रिमियर
 २०७९,भाद्र,३,शुक्रवार १६:०१