संसदले पारित गर्‍याे योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक

लोकपथ
65
Shares

काठमाडौं । प्रतिनिधि सभाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९’ पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राखेको राष्ट्रिय सभामा उत्पत्तिमा ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिनिधि सभाको अर्काे बैठक १३ साउन शुक्रबार बिहान ११ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?