ललितपुरका बामपन्थी नेता श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश

असोज ३०, काठमाडौं । ललितपुरका बामपन्थी नेता एवं बुद्धिजीवी महेश्वर श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश गरेका छन । श्रेष्ठ सोमबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट टिका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।चौंथो महाधिवेशन, माले, एमाले, माले हुँदै लामो समयदेखि बामपन्थी आन्दोलनमा क्रियाशील नेता श्रेष्ठ ललितपुरका स्थापित नेता तथा बुद्धिजीवी छन । माओवादी केन्द्रमा प्रवेश गर्दै श्रेष्ठले राजनीतिक एजेण्डा र समाजवादी मिसनमा अगाडि बढ्ने माओवादी केन्द्रको निर्णयसँग सहमत भएर आफू माओवादी केन्द्रमा आएको बताए ।पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले श्रेष्ठको अनुभव र बौद्धिकताले माओवादी केन्द्रमा थप उर्जा हासिल हुने बताए । नेता श्रेष्ठको पार्टी प्रवेशले ललितपुरमा माओवादी केन्द्रको संगठनात्मक आधार बलियो हुने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?