काठमाडौं । नेकपा एमालेले वर्तमान सरकारले मंकीपक्स रोगको बारेमा गम्भीर नभएको आरोप लगाउदै सरकारको ध्यानाकर्षण गराएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सचिव एवम् सांसद योगेश भट्टराईले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले संसारभर स्वास्थ्य आपत्काल घोषणा गरेपनि नेपालमा रोकथामका लागि कुनै पूर्व तयारी नगरेको भन्दै ध्यानाकर्षण गराएका हुन्।
डब्लूएचओले एलर्ट जारी गरेपनि नेपाल सरकार निद्राको अवस्थामा रहेको आरोप लगाएका छन्। ‘नेपाल सरकार मौन बसिरहेको छ, निद्राको अवस्थामा छ, डब्लूएचओले असाध्यै एलर्ट जारी गरिसकेको छ, विश्व स्वास्थ्य संकटकालको घोषणा गरेको छ तर हाम्रो सीमानामा साइन बोर्ड राखेको छैन, नेपालको एयरपोर्टमा सचेतनाको साइन बोर्ड राखेको छैन, नेपालका सञ्चारमाध्यमबाट नेपाल सरकारले कुनै विज्ञापनर सूचना सार्वजनिक गरेको छैन। खुला सीमाना छ भारतमा मंकीपक्स देखिसकेकाले अवस्थामा भयानक अवस्थाबाट हामी टाढा छैनौं।’ उनले थपे, ‘सीमानामा कडाई गर्नुपर्यो, सचेतना गर्नुपर्यो, टेस्टिङ स्टेशन स्थापना गर्नुपर्यो।’
भट्टराईले भारतमा संक्रमण देखिएकाले नेपाल पनि जोखिममा पर्ने भएकाले पूर्व तयारी र पूर्व सतर्कता अपनाउनुपर्ने बताए।
डब्लूएचओले मंकीपक्स संसारका सबै क्षेत्रमा फैलिएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया