प्रचण्ड पाँच दिने भ्रमणमा जापान जाने

लोकपथ
195
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणमा जाने भएका छन् । नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणमा अध्यक्ष प्रचण्ड पाँच दिनका लागि जापान जान लागेका हुन् ।

अध्यक्ष प्रचण्ड साउन २१ गते जापान प्रस्थान गर्नेछन् भने साउन २५ गते नेपाल फर्कने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रले जानकारी दिएको छ ।

अध्यक्ष प्रचण्डले यसअघि भारत भ्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?