काठमाडौं । बजेट निर्माणताका अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करका दायरा हेरफेरमा भूमिका खेलेको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले सीसीटीभी फुटेज हेर्न थालेको छ ।
प्रहरीले दिएको फरेन्सिक रिपोर्टमा अर्थमन्त्रालयको सीसीटीभी फुटेज छ । सो भिडियो अहिले समितिका सदस्यले हेरिरहेका छन् । तर, कहिलेदेखि कहिलेसम्मको, कति भिडियो छ भन्ने प्रष्ट भइसकेको छैन ।
निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विषेश छानबिन समितिलाई नेपाल प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको रिकभर सम्बन्धी रिपोर्ट हिजो बुझाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया