लमजुङको पल्लोटारी पहिरोमा पुरिएका दुर्इ जनाको मृत्यु

बेशीसहर : लमजुङको मर्स्यांदी गाउँपालिका-३ स्थित खुदी पल्लोटारीमा चलेको पहिरोमा पुरिएका ६० बर्षीय अभिरूपा थापा र १० बर्षीय सिरक थापाको मृत्यु भएको छ । 

समयमै अस्पताल पु-याउन नसक्दा उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

पहिरोमा फसेका उनीहरूलार्इ त्यहाँबाट निकालिएपनि समयमै थप उपचार गर्न सुविधासम्पन्न अस्पतालमा लैजान नसकिएको स्थानीयले बताएका छन् । 

पहिरो चलेपछि ज्यान बचाउनका भाग्दै गरेका उनीहरूलार्इ सोही पहिरोले च्यापेको थियो । 

स्थानीयबासी र प्रहरीले जतिसक्दो छिटो उद्धार गरेको, तर उनीहरूको ज्यान बचाउन नसकिएको बतार्इएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?