चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

लोकपथ
403
Shares

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् ।

साेमबार बसेको मन्त्रिपरिषद्को बैठकले भुवन केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन् ।

केसी गायन हुँदै अभिनयमा प्रवेश गरेका थिए । उनी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । उनले १०० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् ।

उनीसँगै दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल अध्यक्षको दौडमा रहेका थिए ।

यसको घोषणा भने भोलि गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?