९ फाल्गुन २०८०, बुधबार

पार्टी एकता घोषणासभामा भावुक भए गच्छदार

२०७४,आश्विन,३०,सोमवार ०८:३७

0
Shares

काठमाडौं, ३० असोज– नेपाली कांग्रेस र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच आज एकीकरण भएको छ ।गच्छदार २०६४ सालमा कांग्रेस पार्टी परित्याग गरेर तत्कालिन मधेसी जनअधिकार फोरममा लागेका थिए । तर, पार्टी छाडेको एक दशकपछि गच्छदार कांग्रेसमै फर्किएका हुन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक विशेष कार्यक्रममार्फत दुई पार्टीबीच एकीकरणको घोषणा हुँदा गच्छदार भावुक भएका थिए । उनले १० वर्षसम्म आफू कांग्रेस बाहिर भएपनि पुरानो घरमा समाहित आउन पाउँदा खुसी लागेको भन्दै भावुक भए ।मुलुकको राजनीतिलाई अधिनायकवादतर्फ धकल्ने प्रयत्न भइरहेको भन्दै यस परिस्थितिमा नेपालको संविधानको लोकतान्त्रिक जगलाई अझ सुदृढ एवं सर्वस्विकार्य बनाउन दुबै पार्टी एक भएको पार्टी एकता घोषणामा सार्वजनिक गरिएको समझदारीपत्रमा उल्लेख छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०८:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रविधिको विकाससँगै पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले आगामी दिनमा शिक्षा, स्वास्थ्य, वातावरण, कृषिदेखि अन्तरिक्ष अन्वेषणसम्मका क्षेत्रमा मानिसहरुलाई

गोदावरी । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठकमा आजदेखि समूहगत छलफल सुरू हुँदैछ । ललितपुरको गोदावरीमा सोमबार उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीलाई पूर्णरुपमा ‘मास बेस्ड’ डिजिटल पार्टी बनाउन संकल्प गर्नुपर्ने बताएका छन् ।

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा वैदिक सनातन हिन्दूराष्ट्र स्थापना अभियान सञ्चालन गरिरहेका नेताहरु सभापति शेरबहादुर देउवाको निवास पुगेका छन्

ताजा समाचार

’रूखान’ मा अनुबन्धित भइन् नीति शाह
 २०८०,फाल्गुन,९,बुधबार १५:१७
रुपात्रेय शान्ता पुरस्कार दधिराजलाई
 २०८०,फाल्गुन,९,बुधबार १५:११
नामिवियाले गुमायो आठौँ विकेट
 २०८०,फाल्गुन,९,बुधबार १४:५७
करिब १८ किलो ५ सय ग्राम गाँजा बरामद
 २०८०,फाल्गुन,९,बुधबार १४:४१
नामिवियाको सातौँ विकेट पनि पतन
 २०८०,फाल्गुन,९,बुधबार १४:३६
रुकुममा एकजना मृत अवस्थामा फेला
 २०८०,फाल्गुन,९,बुधबार १४:२७
नामिवियाको पाँचौँ विकेट पनि पतन
 २०८०,फाल्गुन,९,बुधबार १३:५५