काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–९ तिनकुने गैह्रिगाउँको कल सेन्टरबाट १ जना चिनियाँ नागरिकसहित ४१ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौंको तिनकुनेमा रहेको वर्ल्ड सर्भिस प्रालिमा छापा मारेको हाे ।
चिनियाँ नागरिकले संचालन गरेको स्काई वर्ल्ड सर्भिस प्रालिमा छापा मारेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । कल सेन्टरबाट १४ जना महिला र २७ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कोटेश्वर बस्ने २० वर्षीया शुभेच्छा नेपाल, कञ्चनपुर घर भइ कोटेश्वर बस्ने २२ वर्षीया जानकी शाह, बारा घर भएकी २० वर्षीया समिक्षा गुप्ता, कैलाली घर भएकी २२ वर्षीया सुस्मिता मिलिसैना, १८ वर्षीया सबिना दाहाल, नवलपरासी घर भएकी २२ वर्षीया अनु परियार रहेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै, भारत घर भई जडिबुटी बस्ने २४ वर्षीया एलिना गुरुङ र कञ्चनपुर घर भएकी १७ वर्षीया प्रिया विष्टसहित ४१ जना छन् । आवरणमा ‘ठगी धन्दा’ संचालन गरेको विशेष सूचनाका आधारमा प्रहरीले सोमबार उक्त स्काई वर्ल्डमा छापा मारेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया