अबको दशक नेपाल निर्माण र समुन्नतिको रुपमा लैजानुपर्छ : महामन्त्री शर्मा

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल अबको दशकमा निर्माण र नेपाल समुन्नतिको दशकको रुपमा अघि बढ्ने बताएका छन् । सोमबार ललितपुरमा नेपाल ललितकला संघले कला संस्कृतिको उत्थान विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाएर यो देशमा सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजानसक्ने समाज हामी बनाएर जान कांग्रेस सक्षम रहेको दाबी गरे । उनले नेपाललाई श्रीलंका नबन्ने बाटोमा, नेपाल देशलाई समुन्नतिको उचाईमा लैजाने बाटोमा नेपाली कांग्रेस पार्टी सक्षम रहेको बताए ।

महामन्त्री शर्माले कलाकार राष्ट्रका गहना नभइ गौरव भएकोले यस्ता भनाइहरुमा पनि परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले नेपालले संसारसामु उच्च शिर राखेर समृद्धिको उचाई जित्न बाँकी रहेको भन्दै कला, संस्कृति र साहित्यले यसमा धेरै सहयोग पुग्ने बताए । महामन्त्री शर्माले भने, ‘नेपाली समाजमा विश्वलाई पहिल्यै जितिसकेका छौँ ।

अब जित्नै पर्दैन भन्ने एक किसिमको संकुचित सोचको विकास भइरहेकोले कला, संस्कृति र साहित्यमार्फत हटाउन आवश्यक रहेको छ ।’  उनले कलाकार राष्ट्रका गहना नभई गौरव भएको बताए । नेपालले विजयी भएर संसारसामु उच्च शिर राखेर हामीले समृद्धिको उचाई जित्न बाँकी छ ।

उनले भने, ‘हामीले सानैदेखि पढाउँदै आयौं गोरखाली कहिल्यै हारेनौँ । वीर गोरखालीहरु हामी कहिल्यै हारेनौ । कसैले मलाई संसारका अरु कोही सेनासँग डर लाग्दैन गोरखालीसँग डर लाग्छ भनिदियो कुनै विश्लेषकले । तर, हामी कहिल्यै पराजित नभएका होइनौ । हामीले पनि हाम्रो पछिल्लो पुस्तामा जित्न बाँकी छ, विजयको कथा लेख्न बाँकी छ । यो देशलाई समुन्नत उचाईमा लिएर जान बाँकी छ ।

अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रुपमा लैजानुपर्छ ।’ महामन्त्री शर्माले अबका युवा वर्गले बदलाको सोच नभइ बदलिने सोच राख्न जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?