बागमतीमा कोभिडका संक्रमित बढ्दै

लोकपथ
208
Shares

काठमाडौं । मुलुकमा दुई हप्ता अघिदेखि कोभिड संक्रमण पुनः वृद्धि भइरहेको छ। मुलुकवासीले स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै सो संक्रमणका बिरामी थप बढ्दै गइरहेका हुन्।

बागमती प्रदेशभित्र कोभिडका बिरामीको संख्या उच्च देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले बताए।

‘संक्रमणका बिरामी बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौं उपत्यकामा उच्च रहेका छ।’ प्रदेश नम्बर(१ मोरङमा पनि कोभिडका बिरामी बढ्दै गइरहेकाले महामारीलाई मध्यनजर गरी भीडभाड नगर्न तथा सभा अनि सम्मेलन एवं गोष्ठीमा भाग नलिनाका साथै स्वास्थ्य मापदण्ड पालना गर्न मुलुकवासीलाई दासले अनुरोध गरे।

मुलुकमा कोभिडका बिरामी बढेसँगै आफूहरूले सो महामारी निदानका लागि दुई हजार ८ सयको हाराहारीमा आइसियू तथा एक हजार २७ भेन्टिलेटर एवं १५ हजार अक्सिजन सिलिण्डरका साथै १ सय ३२ अक्सिजन प्लान्टको जोहो गरिसकेको दासले जानकारी गराए।

‘कोभिडका कारण आर्थिक हानी मात्रै होइन ज्यान जाने र केही मुलुकवासीमा मानसिक समस्या देखिएको छ,’ उनले भने, ‘४३ प्रतिशत मुलुकवासीमा डिप्रेशन तथा ३३ प्रतिशतमा चिन्ता र २९ प्रतिशत विद्यार्थीमा भने बढी निन्द्रा लाग्ने समस्या भेटिइरहेको छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?