विदेशी महिलालाई विवाह गरेको सात वर्षपछि मात्र नागरिकता दिनुपर्छः सांसद दाहाल

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय सभाका सांसद देवेन्द्र दाहालले नागरिकता सम्बन्धी विधेयकमा केही संवेदनशिल कुराहरु छुटेको बताएका छन् । उनले आज राष्ट्रिय सभाको बैठकमा उक्त कुरा बताएका हुन् ।

‘नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई विवाह गरेको सात वर्षपछि मात्र नागरिकता दिने विषय विधेयकमा राख्नुपर्छ, यो छुटेको छ,’ सांसद दाहालले भने । विश्वका कुनैपनि देशले नागरिकतामा प्रायः खुकुलो प्रावधान नराख्ने उनले बताए ।

नागरिकता सम्बन्धी विधेयक छलफलको लागि आज गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय सभामा पेश गरेका छन् । सही विधेयकमाथि छलफलका क्रममा दाहालले विधेयकमा केही कुरा थप्न भनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?