काठमाडौं । आज सारा देश रातो रङ्गमा रङ्गिएको छ । देशभरिका महिलाहरु सौभाग्यको रङ्गमा रङ्गिएर मठमन्दिर, पार्टी प्यालेसहरुमा भव्य तरिकाले तीज मनाइरहेका छन् ।
हिन्दूहरुको सबैभन्दा ठूलो धार्मिक स्थल अर्थात् पशुपतिमा पनि हरेक वर्षझैं यस वर्ष पनि व्रतालु भक्तजनको घुइँचो लागेको छ । टन्टलापुर घाममा घण्टौंसम्म लाम लागेर शिवको दर्शन गरेर, नाँचगान गर्दै रमाइलो गरिरहेका छन् व्रतालुहरु । जे होस्, गृहिणीदेखि कर्मचारी महिला सबैलाई आज तीजले छोएको छ ।
अधिकांश कार्यालय, संघसंस्थाहरुमा आज महिला कर्मचारीलाई विदा दिइएतापनि महिला प्रहरीहरु भने यसको अपवादमा पर्छन् । पशुपति परिसरमा टहलिँदा महिला प्रहरीहरुलाई आफ्नो यूनिफर्ममा ड्यूटी गरिरहेको देख्न सकिन्छ ।
कतिले पानी पनि नपिई व्रत बसेरै आफ्नो ड्यूटी निभाइरहेका छन् भने कतिले बर्दीमै तीजको पूजा गरिरहेका छन् । अत्याधिक भीड र अव्यवस्थित माहोललाई न्यूनीकरण गर्न खटिएका महिला प्रहरीहरुले नेपाली महिलाको कर्तव्यनिष्ठता र आस्थाको ‘फ्युजन’लाई प्रतिबिम्बित गरेका छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया