बंगलादेश । जारी साफ च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा नेपालले माल्दिभ्ससँग भिड्दै छ ।
बुधवार केहीबेरमा शुरु हुने सेमिफाइनल खेलमा नेपालको कप्तानी फरवार्ड भरत खवासले गर्दैछन् भने नियमित कप्तान विराज महर्जन बेन्चमा रहनेछन्। यी दुई टिमबीचको खेल राजधानी ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा नेपाली समय अनुसार पौने ४ बजेपछि शुरु हुँदैछ ।
समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध खेलेको नेपाली टिममा माल्दिभ्सविरुद्धको खेलमा कुनै परिवर्तन गरिएको छैन्।
नेपालको प्लेईङ ११
किरण चेम्जोङ – गोलकिपर
अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, दिनेश राजवंशी- डिफेन्डर
रोहित चन्द, सुजल श्रेष्ठ, निराजन खड्का, सुनिल बल-मिडफिल्डर
विमल घर्ती मगर, भरत खवास (कप्तान) -फरवार्ड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया