पर्खालको घेरा लगाउँदैमा औद्योगिक क्षेत्र बन्दैन : विनोद चौधरी

लोकपथ
210
Shares

काठमाडाैं । नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष तथा सांसद विनोद चौधरीले औद्योगिक क्षेत्र निर्माण गर्दा निजी क्षेत्रलाई मुख्य साझेदारी बनाउनुपर्ने बताएका छन् ।

आईतवार उद्योग परिसंघको १९ औं साधारण सभाको उद्घाटन समारोहमा बोल्दै चौधरीले औद्योगिक क्षेत्र व्यवस्थित र प्रतिष्पर्धी बनाउनको लागि निजी सरकारी साझेदारी अवधारणा अनुसार औद्योगिक क्षेत्र निर्माण गर्दा निजी क्षेत्रलाई मुख्य साझेदारी बनाउनुपर्ने बताएका हुन् ।

चौधरीले विगतदेखि घोषणा भएका औद्योगिक क्षेत्रहरुको पृष्ठभूमि सकारात्मक खालको नभएको उल्लेखगर्दै खालि औद्योगिक क्षेत्रको नाममा पर्खालको घेरा लगाएर औद्योगिक क्षेत्रको नाम दिँदैमा औद्योगिक क्षेत्र जीवन्त नहुने दाबी गरे ।

चौधरीले सरकारले निर्यात उद्योगलाई विगतदेखि अनुदान दिँदै आएपनि अनुदान दिए अनुसार निर्यात बढ्न नसकेको पनि बताए । अनुदानभन्दा पनि निर्यातको लागि सरकारकाे उत्पादन विशेष कार्यक्रम हुनुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?