११ चैत्र २०७९, शनिवार

यस्तो सहमति गर्दै कांग्रेस र लोकतान्त्रिक फोरमबीच भयो एकता (सहमतिपत्रसहित)

२०७४,आश्विन,३०,सोमवार ०८:२९

0
Shares

काठमाडौं, ३० असोज– नेपाली कांग्रेस र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच आज एकीकरण भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक विशेष कार्यक्रममार्फत दुई पार्टीबीच एकीकरणको घोषणा गरिएको हो ।दुई पार्टीका अध्यक्षद्वारा हस्ताक्षरित पार्टी एकीकरणसम्बन्धी सझदारीपत्रमा मुलुकको राजनीतिलाई अधिनायकवादतर्फ धकल्ने प्रयत्न भइरहेको भन्दै यस परिस्थितिमा नेपालको संविधानको लोकतान्त्रिक जगलाई अझ सुदृढ एवं सर्वस्विकार्य वनाउनु दुबै पार्टीको कर्तब्य भएको उल्लेख गरिएको छ ।यस्तै थारु, मधेशी, जनजाती, आदिवासी, महिला, दलित, मुस्लीम र सिमान्तकृत समुदायलगायतको हक, अधिकार सम्वन्धमा नेपाल लोकतान्त्रिक फोरमले उठाउँदै आएका मुद्दालाई सम्वोधन गर्न नेपाली कांग्रेस प्रतिवद्ध रहेको उल्लेख गरिएको छ ।सो प्रतिवद्धतालाई मुर्तरुप दिन दुवै दल आगामि दिनमा संविधान संशोधन गर्न लागि पर्ने सहमतिपत्रमा उल्लेख छ । यस्तै लोकतान्त्रिक संस्थाहरुलाई अझ सवल वनाउँदै मुलुकलाई समृद्धितर्फ अघि वढाउने विषयमा पनि दुबै दल सहमत भएका छन् ।यसैगरी यस्तै एकतापछि नेपाली कांग्रेसको सांगठनिक संरचनामा केन्द्र,प्रदेश,जिल्ला,नगर र गाउँसम्मका नेपाल लोकतान्त्रिक फोरम र यसका भातृ/भगिनी संस्थाहरुको संरचना एवं सदस्यहरुको यथोचित समायोजन गरिने पनि समझदारी भएको  कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतानित्रक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०८:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन्

काठमाडौं । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले लामो सङ्घर्षपछि राज्य व्यवस्था फेरिए पनि राजनीतिक र प्रशासनिक नेतृत्वमा पुरानै प्रवृत्ति हाबी

काठमाडाैं । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक शुरु भएको हो ।

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११