लागुऔषधसहित श्रीमान, श्रीमती नै पक्राउ

लोकपथ
429
Shares

महोत्तरी । लागुऔषध सहित महोत्तरीमा एकै घरका ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुली दुधौली १० बस्ने श्रीमान, श्रीमती प्रदिप सेन्चुरी र दिलमाया भुजेल, प्रदिपका आफ्न्त २२ बर्षिय विशाल सेन्चुरी पक्राउ परेका हुन् ।

आज अपरान्ह औरही कठुधारा स्थित प्रहरी पोष्टवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनिहरुको साथवाट प्रतिबन्धित लागुऔषध नाइट्रोभेट-१० लेखिएको ९९ पिस सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरिको अनुसार तिनै जना बर्दिबास(सम्सी सडक खण्डमा पैदल हिडदै गर्दा संकाका आधारमा चेकजाँच गर्दा उक्त लागुऔषध फेला परेको थियो ।

पक्राउ परेका उनिहरु अहिले इलाका प्रहरि कार्यालय गौशालाको हिरासतमा छन । उनिहरुलाइ जिल्ला अदालत महोत्तरीवाट ५ दिनको म्याद थप गरि अनुसन्धान भैइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?