काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सचेतक मिन विश्वकर्माले सत्तारुढ दलहरुको नेपाली कांग्रेससँग दूरी नबढेको बताएका छन् । आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सचेतक विश्वकर्माले सत्तारुढ दलहरुको नेपाली कांग्रेससँग दूरी बढ्ने परिस्थिति नबनेको स्पष्ट पारे ।
उनले पाँच दलीय गठबन्धनबाट परिणाम उपलब्धीमूलक भएको प्रतिवेदन समेत सार्वजनिक भइसकेको उल्लेख गर्दै गठबन्धन टुट्छ कि भनेर चिन्ता गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरे । सचेतक विश्वकर्माले सिट संख्याको कारणले अथवा निर्वाचन क्षेत्र छनोटको कारणले गठबन्धन नभत्किने विश्वास व्यक्त गरे ।
उनले भने,–‘मैलेपनि यसलाई चाहीँ सुखद् रुपमा लिन्छु । राम्रो हो उहाँहरुले गर्न सक्नुभयो भने । अब कांग्रेससँग दूरी बढेको भन्ने सवालमा त्यस्तो खालको परिस्थिति अहिले बनेको छैन । हामीले पनि गठबन्धन आवश्यक छ भन्याैँ । माओवादी केन्द्रले पनि गठबन्धन आवश्यक छ भन्यो ।
विगतमा गरेको गठबन्धनबाट हामीलाई उपलब्धी प्राप्त भएको छ परिणाम पनि भनेर प्रतिवेदन पनि सन्तोषजनक आएको हुनाले अहिले यतातर्फ शंका गर्नुपर्ने, डराउनुपर्ने, चिन्ता गर्नुपर्ने अवस्था अहिलेको अवस्थामा छैन ।’
उनले सिट संख्याकै कारणले अथवा निर्वाचन क्षेत्र छनोटकै कारणले गठबन्धनमा दरार पनि पैदा नहुने र गठबन्धन नभत्किने बताए । सचेतक विश्वकर्माले सत्तारुढ घटकले समाजवादी केन्द्र बनाएमा राम्रो हुने टिप्पणी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया