सरकार सत्ता टिकाउनमा नै केन्द्रित छ : राजेन्द्र लिङदेन

लोकपथ
35
Shares
sf7df8f}F, #! h]7M ;+ljwfg ;+zf]wgdflysf] 5nkmndf /fk|kfsf lnªb]g k|ltlglw;efsf] zlgaf/sf] a}7sdf d’n’ssf] gofF gSzfnfO{ cg’;”rLdf ;dfj]z ug{ k|:t’t …g]kfnsf] ;+ljwfg -bf];|f] ;+zf]wg_ ljw]os, @)&& dfly bkmfaf/ 5nkmnsf qmddf efu lnFb} राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन् । आइतबार नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्य समितिले नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यकता विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष लिङदेनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश पूर्णरुपले अभिभावकबिहीन भएको बताए । उनले अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गर्ने लगायतका विषयहरु सामान्य विषय बनेको बताए ।

अध्यक्ष लिङदेनले नेपाली जनताको चाहना विपरित एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम भइरहेको बताए । उनले कुनैपनि बेला देशले आफ्नो अस्तित्व गुमाउन सक्ने अवस्था देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले देशलाई दुर्घटनाबाट बचाउन सचेत नेपालीहरु एकजुट हुनुपर्ने बेला भएको स्पष्ट पारे । अहिले सत्तामा रहेका दल र नेतृत्वहरुबाट देश विकास र सुधार हुन नसक्ने भन्दै राजनीतिमा नै परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे ।

उनले भने, ‘आज देशको परिस्थिति हाम्रो सामान्य आँखाले देखेजस्तो सामान्य छैन । देश एकप्रकारले पूर्णरुपले अभिभावक बिहीन बनेको छ । अहिलेका राजनीति दल जनताको जीउँधनको रक्षा लिएको सरकार सत्तामा टिक्नको लागि जेपनि गरिरहेको छ । भ्रष्टाचार त सामान्य विषय भएको छ । बजेट बनाउँदा अनाधिकृत व्यक्ति प्रवेश गराउने व्यापारिक कोही एक घरानालाई प्रवेश गराएर करका दर हेरफेर गर्ने कुरा त सामान्य भएको छ ।

नेपाली जनताको चाहना विपरित एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम भइरहेको छ । कुनैपनि बेला देशले आफ्नो अस्तित्व गुमाउनसक्ने अवस्था देखिन थालेका छन् । त्यसकारण देशलाई माया गर्ने र दुर्घटनाबाट जोगाउनेहरु, हाम्रा भाइछोराले देशमै गरेर खाने गरेर सबै एक ठाउँमा सबै एक ठाउँ हुनुपर्ने समय आएको छ । यो पतनको बाटो हो । यो बाटोका नायकहरुबाट कुनै सुधारको आशा छैन उनले भने ।’

अध्यक्ष लिङदेनले आफूले देश र जनताको विकासका मुद्दा उठाएकोले सबै पार्टी सहमत हुने दिन नजिक रहेको बताए । अध्यक्ष लिङदेनले राप्रपाले अघि सारेका मुद्दा र मार्गचित्र देश विकास र देशका हालका समस्या समाधानका लागि अपरिहार्य रहेको दाबी गरे । उनले देशको समस्या समाधान गर्न पार्टीले आगामी निर्वाचनमा निश्चित संख्याको शक्ति आर्जन गर्न सक्नुपर्ने बताए ।

उनले भन्नुभयो, ‘हामीले उठाएका मुद्दा कहिले पूरा हुन्छ भन्ने कुरा आउँछ । तर यही काँग्रेस, एमाले, माओवादी हाम्रा मुद्दामा एकमत हुने दिन आउँछ । हामीले देशका मुद्दा उठाइरहेका छौँ भने र समाधानका मुद्दा उठाइरहेका छौ भने एकदिन सबै पार्टी हामीसँग सहमत हुन्छन् ।

अध्यक्ष लिङदेनले आउने चुनाव ध्वंसात्मक गतिविधि नगरी देशलाई सुबाटोमा लैजाने अवसर भएकोले राप्रपाले सारेको देश विकासको वैकल्पिक मार्गचित्र अपरिहार्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?