काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पाटर्नरसीप प्रोग्राम (एसपीपी) स्वीकार नगर्ने कुराबारे छलफल भएको बताएका छन् ।
आइतबार काठमाडौंमा भएको विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थितिबारे बहस कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले तत्कालीन सरकारबाट एसपीपी सम्झौता भएको र त्यसलाई स्वीकार नगर्ने कुरा भएको बताए ।
अध्यक्ष नेपालले परराष्ट्र र सुरक्षा नीतिमा राष्ट्रिय सहमति आवश्यक रहेको समेत बताए । उनले भने, ‘परराष्ट्र र सुरक्षा नीति दुवैमा राष्ट्रिय सहमति आवश्यक छ ।’ उनले अहिले अमेरिका र चीनले हतियारको होडबाजी गरेको भन्दै त्यसले नेपाललाई पनि चिन्ता बढेको बताए । उनले हतियारको होडबाजी र युद्धले कुनैपनि समस्याको समाधान हुन नसक्ने पनि बताए ।
अर्काे प्रसंगमा अध्यक्ष नेपालले एसपीपी पत्र अमेरिकालाई पठाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएको बताए । उनले भने, ‘तत्कालीन सरकारबाट एसपीपी सम्झौता भइसकेको रहेछ । नेपालले चिठ्ठी पठाएको रहेछ । त्यो पनि नेपाली आर्मीले पठाएको रहेछ । कम्युनिस्ट पार्टीको प्रधानमन्त्रीको स्वीकृतिमा एसपीपी पठाएको रहेछ ।
विडम्बना होइन । त्यसपछि हामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दियौं । दबाब दिइसकेपछि त्यसलाई स्वीकार नगर्ने कुरा भएको छ ।’ उनले नेपालको राष्ट्रियता रक्षा गर्ने नेपाली जनताले नै भएकोे बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया