बालाजु-रानीपौवा-पिपल्टार सडकखण्डको निर्माण कार्यलाई तत्काल तीव्रता दिन माग

लोकपथ
84
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद हितबहादुर तामाङले टोखा–छहरे सुरुङ मार्ग अघि बढाउन र चीनसँग आर्थिक सामाजिक र सांस्कृतिक सम्बन्ध सुदृढ गरी समृद्धिका लागि बलियो पूर्वाधार तयार पार्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सदनमा बोल्दै सांसद तामाङले बालाजु–रानीपौवा–पिपल्टार पासाङल्हामु राजमार्ग निर्माणकार्य उतारचढावका बीच अहिले अलपत्र अवस्थामा पुगेकाले तत्काल निर्माण कार्यलाई तीव्रता दिन उनले आग्रह गरेका छन् ।

देशकै पुरानो राजमार्ग अलपत्र हुँदासमेत सरकारले कुनै चासो नदिएको उनले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?