काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा. डिला सङ्ग्रौला पन्तले कोभिडका विषयमा श्वेशपत्र जारी गर्न माग गरेकी छन् ।
सदनको विशेष समयमा सांसद सङ्ग्रौलाले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्ध र आगामी चुनौतीसँग जुध्न श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह गरेकी हुन् ।
उनले नागरिकलाई कोरोनाबाट जोगाउन खोप अभियानलाई तीव्रता दिन माग गरिन् । उनले स्वास्थ्य बीमाको रकम उपलब्ध नगराएकामा पनि सरकारको ध्यानाकर्षण गराइन् ।
बीमामा साढे १७ लाख मानिस आबद्ध भइसकेका सन्दर्भमा अहिले रकम नआएको भन्दै विभिन्न अस्पतालले सूचना जारी गरेरै बीमा कार्यक्रम रोकेको उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया