मुक्तकम्लहरीलाई यथोचित पुर्नस्थापना गरियोस् : सांसद चौधरी

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसद शान्ता चौधरीले सरकार र मुक्त कम्लहरीसँग भएको सहमति यथाशीघ्र कार्यान्वयन गर्न सरकारसँग माग गरेकी छन् ।

शून्य समयमा बोल्दै सांसद चौधरीले मुक्त कमैया र मुक्तकम्लहरीलाई यथोचित पुर्नस्थापनाको लागि सरकारसँग माग गरिन् । कमैयामुक्त भएको २२ वर्ष र कम्लरीमुक्त भएको ९ वर्ष पुगिसक्दा पनि अहिलेसम्म उचित पुर्नस्थापना हुन नसकेको उनको गुनासो छ ।

उनले भनिन्, ‘म प्रश्न गर्न चाहन्छु, यसअघिको सरकारले मुक्त कम्लरी र कमैयाका छोराछोरीलाई पुर्नस्थापना र शैक्षिक विकासका लागि विशेष बजेट ल्याएपनि अहिलेको गठबन्धन सरकारले उक्त बजेट कटौती गरेको छ ।’

उनले सरकार र मुक्त कम्लहरीसँग भएको १० बुँदे सहमति यथशीघ्र कार्यान्वयन गर्न सरकारसँग माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?