एसपीपी अस्वीकृत पत्रबारे भीम रावलको प्रश्न- ‘कहिलेदेखि श्रवणशक्ति गुमायो ?’

लोकपथ
221
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठकमा सांसद भीम रावलले सरकारले एसपीपी अस्वीकृत गरेको पत्र अमेरिकी सरकारलाई नपठाएको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् ।

अमेरिकी स्टेट पाटर्नरसीप प्रोग्राम (एसपीपी) को सम्बन्धमा निर्णयको अवस्था र कार्यान्वयनको अवस्थाबारे सदनमा जानकारी गराउन उनले माग गरे ।

प्रतिनिधि सभाको विषेश समयमा बोल्दै सांसद रावलल एसपीपी अस्वीकृत गरेको पत्र सरकारले अमेरिकी सरकारलाई पत्र पठाएको अवस्थाको सम्बन्धमा के छ ? भनेर सरकारसंग जानकारी दिन उनले आग्रह गरे ।

उनले एसपीपीबारे संसद र संसदीय समितिको सर्कुलरलाई यो सरकारले सुनेपनि नसुनेझै गरेको भन्दै आपत्ती जनाए ।

उनले भने, ‘सरकार कहा छरु यो देशमा छ, कि कतै छ ? अन्राष्टिय सम्बन्ध समितिको निर्णय नमान्ने, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिले असार ५ गते निर्देशन दिएको थियो ।’ एसपीपीको पत्र पठाएको के छ भनेर निर्देशन दिएको ५ दिन पुग्यो । सरकार कहा छ यो देशमा छ कि अन्त कतै छ ?’

अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)को सम्बन्धमा सरकारको निर्णय कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाको सम्बन्धमा के छ ? भनेर यो सम्मानित सदनलाई जानकारी गराउन सम्माननीय सभामुखज्यूले निर्देशन दिएको ५ दिन पुग्यो ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय र संसदको निर्देशन पनि यो सरकारले नसुनेको बताए । उनले भने,‘सम्माननीय सभामुखले दिएको निर्देशन पनि नसुन्ने सरकारले कहिलेदेखि कान सुन्नलाई कहिलेदेखि सर्वणशक्ति गुमायोरु भन्ने प्रश्न उठ्छ कि उठ्दैन ।’ उनले नेपाल सम्झौता पीडित देश भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?