काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायका परीक्षामा लापरबाही भएको भन्दै नयाँ छानबिन समिति गठन गरी छानबिन अघि बढाउन माग गरेको छ ।
नेविसंघले विज्ञप्ति जारी गर्दै त्रिवि व्यवस्थापन संकायका परीक्षामा व्यवस्थापन संकायकै प्राध्यापकको लापरबाही देखिएको भन्दै नेविसंघले नयाँ छानबिन समिति गठनको माग गरेको छ । व्यवस्थापन संकायको परीक्षामा भएको लापरबाही छानबिन गर्न व्यवस्थापन संकायकै प्राध्यापक राखिएकोले विश्वसनियताको प्रश्न उठेको नेविसंघले बताएको छ ।
बीबीएतर्फ असार २२ र २४ मा भएका परीक्षा र विगतमा पनि पटकपटक परीक्षामा गैरजिम्मेवार र लापरबाहीपूर्ण कदमप्रति संलग्नलाई कारबाही गर्न नेविसंघले विज्ञप्ति निकालेर माग गरेको छ ।
नेविसंघ नेताहरू दीपक ओझा, सन्तोष श्रेष्ठ, सरोज तिमिल्सिना, विवेक लामा, नवीन पौडेल, राजेश काफ्लेले विज्ञप्ति निकालेर नया छानबिन समिति गठन गर्न माग गरेका छन् । उनीहरू वार्ता समिति प्रतिनिधि पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया