संक्रमणकालीन न्याय टुंग्याउन सरकार गम्भीर भएन : शिवमाया तुम्बाहाम्फे

लोकपथ
63
Shares

काठमाडौं । संक्रमणकालीन न्याय टुंग्याउन सरकार गम्भीर नभएको भन्दै पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फेले आफ्नो असन्तुस्टि जनाएकी छिन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद तुम्बाहाम्फेले संक्रमणकालीन न्यायलाई आफू अनुकूल नभइ पीडित अनुकूल बनाउनुपर्नेमा जोड दिइन् ।

‘संक्रमणकालीन न्याय भनेको पीडितलाई न्याय प्रदान गर्ने प्रणाली हो । यहि विषयमा सरोकारवालाहरुले चासो लिएका छन् । यो विषय संघीय संसदमा समेत प्रवेश गरिसकेको छ । तत्कालीन राज्य र तत्कालीन माओवादी दुवै बसेर सरकार सञ्चालन गरिराखेको अवस्था छ ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?