प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् छलफलका कार्यसूची

लोकपथ
42
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, गृहमन्त्री बालकृष्ण खाँणले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधेयक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, ‘कारागार विधेयक, २०७८ पारित गरियोस्’ भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । २०७६ मंसिर २९ मा संसदमा दर्ता भएको यो विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार लगायतका विषय समेटिएको छ ।

यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी आजको बैठकमा पेस हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?