काठमाडौं । नेपाली कांग्रेसनिकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना जारी छ । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार भएको निर्वाचनको मत परिणाम आउने क्रम सुरु भएको छ ।
हालसम्म ६ सय मतगणना भएको छ । जसमा संस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएकी अनिता बिन्दुले २ सय ७१ मत प्राप्त गरेकी छिन् । त्यस्तै, इतर समूहबाट अध्यक्षको उम्मेदवार बनेका शिव लम्सालले ३ सय २६ मत प्राप्त गरेका छन् ।
वरिष्ठ उपाध्यक्षमा संस्थापन पक्षका सरोज अधिकारीले २ सय ७८ मत ल्याउँदा इतर समूहका प्रेम केसी २ सय ९५ मत ल्याएका छन् । महासचिवमा संस्थापन पक्षका उम्मेदवार जगन्नाथ दुलालले १ सय ९० र इतर समूहका दिलीप पौडेलले ३ सय ८० मत प्राप्त गरेका छन् ।
हेटौंडाको रोयल पार्टी प्यालेसमा गत शुक्रबारबाट नवौं महाधिवेशन भएको थियो । महाधिवेशन उद्घाटन सत्रमा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया