काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपाल र प्रचण्ड कम्युनिष्ट आन्दोलनका गद्दारहरू भएको टिप्पणी गरका छन् ।
शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एमालेद्वारा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपालमा वास्तविक लोकतन्त्रवादी छन् भने एमालेहरू मात्रै भएको तर्क गरका हुन् ।
नेपालमा एमालेबाहेक अन्य दलहरु वास्तविक लोकतन्त्रवादी नभएको उनको दाबी छ ।
‘हिजो प्रचण्ड र माधव नेपालले एमाले विभाजन गरेपनि जनताको नेतृत्व गर्न नसक्ने समयले पुष्टि गरिसकेको छ ।’ उनले भने ।
उनले भने, ‘०४५ सालदेखि माओवादीको नेतृत्व गरिरहेका प्रचण्ड अहिलेसम्म आफ्नो ठाउँमा पुग्ने हाराहारीमा पार्टीभित्र नेता जन्मिएको छैन भन्नुहुन्छ । त्यो उहाँको भ्रमपूर्ण तर्क हो ।’ उनले देउवाको बाटोमा हिँडेर प्रचण्ड र माधव नेपालले गद्दारी गरिरहेको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया