साताकाे सेयर बजार : नेप्से दुई हजार १७ अंकमा पुग्दा नौं अर्ब ५५ करोडको कारोबार

लोकपथ
156
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक बर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्यो । मौद्रिक नीति सार्वजनिक गर्नुभन्दा दुई दिनअघिसम्म अर्थात बुधबारसम्म नेप्से लगातार बढेको थियो ।

तर मौद्रिक नीति घोषणाको दुई दिन अघि अर्थात बिहिबार र शुक्रबार नेप्से लगातार घट्यो । सो अनुसार यो साता नेप्से घटेको भन्दा बढेको दिन बढि देखियो । तर यो बढाईको असर कारोबार रकममा भने खासै देखिएन् । नेप्से यो साता दुई हजार १७ दशमलव ४६ अंकमा खुम्चिंदा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८६ दशमलव २४ अंकमा खुम्चिएको छ ।

नेप्सेको सोही खुम्च्याईका कारणले पनि हुन सक्छ यो साता दुुई सय २५ वटा कम्पनीहरुको एक लाख ६६ हजार सात सय ५५ पटक मात्र सेयर किनबेच भएको छ । जसबाट दुई करोड ३२ लाख ६४ हजार एक सय ५५ कित्ता शेयर किनबेच हुंदा कुल कारोबार रकम नौं अर्ब ५५ करोड ४६ लाख ८० हजार नौं सय ९६ रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै ४० करोड रुपैंयाँले कम हो ।

नेप्सेमा गत साता दुुई सय ३१ वटा कम्पनीहरुको एक लाख ६९ हजार चार सय ५७ पटक सेयर किनबेच भएको थियो । जसबाट दुई करोड ७३ लाख ३१ हजार सात कित्ता शेयर किनबेच हुंदा कुल कारोबार रकम नौं अर्ब ९४ करोड ५९ लाख ३१ हजार चार सय ३९ रुपैंयाँ पुगेको थियो । यो साता छ कार्य दिन नैं नेप्से खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो र चौंथो दिन नेप्से बढेपनि पाँचौं र छैंठो दिन भने नेप्से घटेको थियो ।

जसमध्ये पहिलो दिन एक दशमलव ९३ अंकले बढेर दुई हजार ११ दशमलव ३९ अंकमा चढेको नेप्बसे दोस्रो कारोबार दिन १८ दशमलव तीन अंकले बढेर दुई हजार २९ दशमलव ४३ अंकमा पुग्न सफल भएको थियो । तेस्रो कारोबार दिन पनि १६ दशमलव २७ अंकले बढेर दुई हजार ४५ दशमलव ६९ अंकमा चढेको नेप्से चौंथो कारोबार दिन पनि चार दशमलव ८९ अंकले बढेर दुई हजार ५० दशमलव ५९ अंकमा पुग्न सफल भएको थियो । यसैगरी पाँचौं कारोबार दिन पाँच दशमलव ७२ अंकले घटेर दुई हजार ४४ दशमलव ७२ अंकमा झरेको नेप्से छैंठो कारोबार दिन पनि २७ दशमलव २६ अंकले घटेर दुई हजार १७ दशमलव ४६ अंकमा खुम्चिन पुगेको थियो ।

यसैगरी पहिलो दिन शुन्य दशमलव शुन्य दुई अंकले बढेर तीन सय ८५ दशमलव ९३ अंकमा पुगेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन दुई दशमलव ८३ अंंकले बढेर तीन सय ८८ दशमलव ७६ अंकमा पुगेको थियो । तेस्रो दिन पनि दुई दशमलव ७७ अंंकले बढेर तीन सय ९१ दशमलव ५३ अंकमा पुगेको सेन्सिटिभ इन्डेक्स चौंथो दिन भने शुन्य दशमलव ९७ बढेरे लागेर तीन सय ९२ दशमलव ५० अंकमा चढेको थियो । पाँचौं कारोबार दिन भने शुन्य दशमलव ८६ घटेर तीन सय ८३ दशमलव १४ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स छैठौं कारोबार दिन भने पाँच दशमलव चार अंकले घटेर तीन सय ८६ दशमलव २४ अंकमा खुम्चिन पुगेको छ ।

यसैगरी रकम कारोबारतर्फ यो साता शिवम सिमेन्ट, नेशनल हाईड्रो पावर कम्पनी, नेपाल टेलिकम लगायतका कम्पनीहरु अगाडि परेका छन् भने कारोबार भएको सेयर संख्यातर्फ नेपाल टेलिकम, नेशनल हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदि अगाडि परेका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि देखिएका छन् ।

यस्तो रह्यो यो साता दैनिक शेयर कारोबार (संख्या र रुपैयाँमा)
दिन                    कम्पनी संख्या                      कारोवार संख्या                कित्ता                कारोवार रकम
पहिलो दिन                २१०                                 २५९२४                       ३०४५८८९           १२३२४८८०८३
दोस्रो दिन                  २११                                  २३३८३                       ३१४२४०२            १३१२९६२९६०
तेस्रो दिन                   २१३                                  ३७९७२                      ५७१३२४८            २२९९३१६३२६
चौंथो दिन                   २१५                                 २९०८६                       ४१३३७०९            १७३१८३२२७०
पाँचौं दिन                    २२५                                २७५२२                       ३९०८३९५           १६४२६४८५८७
छैठो दिन                     २१२                                २३८६८                       ३३२०५१२            १४४३४३२७७०
कुुल                                                                 १६६७५५                      २३२६४१५५           ९५५४६८०९९६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?